रामहिटी मिनी महोत्सव हुदैँ।

0
395

भाद्र १० काठमाण्डौं ।  भाद्र २२ देखि आश्विन ७ गते सम्म बौद्ध रामहिटी मिनी महोत्सव हुने भएको छ । रामहिटी स्थीत लाखेपोखरी लोक्तान्त्रीक पार्कको प्राङ्गणमा महोत्सव हुने छ । महोत्सवमा विभिन्न मनोरन्जनका साधनहरू जस्तै रोटेपिङ,कोलोम्बस र विभिन्न सांस्कृतिक झाकी नृत्यहरू आदी मेलामा आर्कषकको रुपमा रहने छ  ।

मेलाको उद्घाटन का.म.न.पा, वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा बाट हुने र सो कार्यक्रममा का.म.न.पा क्षेत्र नं ३ बाट निर्वाचित प्रदेश सभा सदस्य छिरीङ दोर्जे लामाले विशेष अतिथिका रूपमा रहन बौद स्तुपा क्लबका अध्यक्ष रितेस लामाले जानकारी दिएका छन्।

यो मेलाको मुख्य उदेश्य आन्तरिक पर्ययटन र स्वदेशी उत्पादनको प्रवर्धन रहेको छ। यस मेलामा ६० ओटा स्टल रहने जसमा लत्ता,कपडा,जुता लगायतका अन्य वस्तुहरू रहने छन् । सो कार्यक्रममा ज्योती मगर,कुन्ती मोक्तान,रोज मोक्तान र हास्य कलाकारहरूले आफ्नो प्रस्तुती दिने छन्।

कार्यक्रमबाट उठेको पैसाबाट दुर्घटनामा परी न्यूरो अस्पताल बासबारीमा उपचारर्आथ लाखेपोखरी लोकतान्त्रीक पार्क बिकास समितीका कोषाध्यक्ष राधा खतिवडालाई रू ५१,००० सहयोग बापत प्रदान गरिने संचालक व्यपस्थापन समितीका सदस्य उमेश श्रेष्ठले जानकारी दिनुभएक‍ो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here