राजनिती मलजलमा एनआरएनए दलदलममा

0
14

मंसिर ६, काठमाडौं । राजनिती मलजलमा, गैरआवासीय नेपाली संघ (एनआरएनए) दलदलममा फसिरहेको छ । पहिले पनि एनआरएनमा राजनिती नभएको भने पटक्कै होइन । आशिवार्द र आस्वाशनका राजनितीक शब्दजालमा उमेदबार कहि न कहि बेरिन्थे र विजय प्राप्त गर्दथे ।

यस पटकको एनआरएनएको चुनाब ठ्याक्कै राजनितीक दलमा बिभक्त भएर दलिय सिन्डिकटमा भएको हो । पार्टीको उमेदबार सहितको लिस्ट र पर्चाहरु बितरण भैसकेपछि एनआरएन यस पटक दलगत सिन्डीकेटमा पार्टीको भातृ संगठनझै देखियो ।

होटल हायातमा चुनाबी मेला भर्न आउनेहरु कहि न कहि राजनितीमा बेरिएका थिए नै । त्यसमाथि पनि पार्टीका ठुटे नेता देखि दलका जुठेसम्मको चहलपहल बेग्लै थियो चुनाबी माहौलमा । दाजु जय नेपाल र कमरेड लालसलामले होटल हायात अक्रान्त थियो । कुनैपनि राजनितीक दलको संगठित सदस्य भएको ब्यक्ति एनआरएनको पदाधिकारी बन्न नपाउने बिधानलाई लोप्पा ख्वाउदै यस पटक सबै उमेदबारहरुले कुनै न कुनै राजनितीक दलको छाता ओढेको देखियो ।

अन्तराष्ट्र्रिय जगतमा बिश्वाशिलो साझेदारका रुपमा चिनिएको गैर आवासिय नेपाली संघ आफ्नै प्रतिष्ठामा खस्कीएका देखियो । हुन त एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि यस पटक संस्थामा राजनितीक घुसपैठ भएको भन्दै बहिष्कार नै गरे । बिश्वभर छरिएर रहेको अनि मुलुकलाई मर्दा र पर्दा जुरुक्कै उठ्ने प्रवासी समाजको छाता संगठन भित्र राजनितीक प्रवेशको आफनै कथा छ ।

हुन त हरेक विबेकशिल प्राणी राजनितीक प्रभाववाट मुक्त छैन । तर सामाजिक सेवा भावमा लगनशिल एनआरएनभित्र पछिल्लो एक दशकको यात्रामा ब्यक्तीगत राजनितीले संस्थागत प्रभाव परेको थिएन ।

एनआरएनकाअध्यक्ष कुमार पन्त

यस पटक भने एनआरएनको चुनाबमा नेपाली काग्रेस र नेकपाको दुइ टोलीबिचको भाले भिडन्त साच्चीकै हेर्न लायक रहयो । नेकपाको खोल ओढेका कुमार पन्तले जित्दै गर्दा काग्रेसको ब्यानर बोकेका कुल आचार्य भने थचारिए । साच्चीकै भन्नुपर्दा नेपाल कम्युनिष्ट पार्टी भन्दा नेपाली काग्रेस यस पटक खुलेरै एनआरएनको राजनितीमा बढि देखियो ।

काग्रेसले महामन्त्री पुर्ण बहादुर खड्काको नेतृत्वमा उमेदबार चयन समितीनै गठन गरयो । तर चतुर नेकपाले भने खोल आढेर राजनिती गर्दै केहि स्वतन्त्र काग्रेससहितको टोली बनाएर सबै पदमा जित हासिल गरयो ।

दुइ पटक उपाध्यक्ष बनेका कुमार पन्त अध्यक्षका प्रवल प्रत्यासी थिए तर अर्का उपाध्यक्ष कुल आचार्यलाई अगाडि सारेर केहि स्वार्थीहरुले आफ्नो अभिष्ट राजनितीक चाहना पुरा समेत गरे । एनआरएनका जित्ने होस या हार्ने सबै चिनिएका र गनिएका सामाजिक अभियन्ताहरु नै थिए तर चुनाबपछि उनिहरुमा लागेको नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेसको लेभलले भने उनिहरुलार्ए हेर्ने दृष्टीकोणमा फरक पारेको छ । त्यती मात्र होइन केहि उमेदबारले महत्वपुर्ण पदमा अड्डी कसेर नोटका गड्डी पनि हात पारेको कथा सुनिदै छ । हार र जित अनि नाटक र नौटंकी भन्दा माथि उठेर महत्वपुर्ण बहसहरुमा खाली खाली रहे । प्रतिबेदन र कार्यपत्रहरु सुन्ने र छलफलमा कसैलाई फुर्सतनै भएन ।

निर्वाचनको महत्वपुर्ण बिषयमा कार्यसमिती बिवस देखियो । निर्वाचन समिती इ भोटिङ हुन नसक्नुमा जिम्मेबार पदाधिकारीदेखि सचिबालयका कर्मचारीको अदुरदर्शिता झल्कीयो । गैर आवासिय नेपाली संघको कर्मलाई मर्म देखि स्पर्श गरेका अस्ट्रेलियाका कानुन व्यबशायी शम्सेरसिंह थापा भन्छन, समाजिक सेवाभावमा राजनितीक घुसपैठ कतइ सुहाउदैन,त्यसैले पनि गैर आवासिय नेपाली संघमा राजनिती पस्नु हुदैन भन्ने हाम्रो चाहना थियो , आखिर खुल्लम खुल्ला दलिय निर्वाचनझै हुन थाल्यो,जुन हामीजस्ता शुभचिन्तकहरुको लागि चिन्ताको बिषय हो।

संस्था जन्मेदेखि हुर्केसम्म सँगसँंगै गासिएका सिड्नीका अभियन्ता थापा भन्छन, केहि अगाडिदेखि राजनितीक दलहरुले चासो देखाएका थिए तर अहिले हाम्रै साथीहरु टिकट माग्न जानुभयो,यो सबैभन्दा दुखदायी बिषय हो । यो बिशुद्ध सामाजिक संस्था भएकोले हिजोका दिनहरुमा पनि शेष घले लगायतले यसमा मलजल हाल्दैगर्दा यसको रौनक निकै बढेको थियो । संस्थाको प्रतिष्ठाको सवालमा सरकारले समेत यसलाई महत्वको बिषयभित्र राखेको थियो । प्रधानमन्त्रीको औपचारिक भ्रमण देखि आधिकारीक कार्यक्रममा समेत एनआरएनलाई समावेश गराइन थालिएको छ । पछिल्ला एक दशकदेखि मुलुकको बिकास निमार्ण र आपत बिपतमा एनआरएन कहलिएकै थियो ।

८० लाख गैर आवासिय नेपालीको प्रतिनिधित्व गर्ने यो संस्थाको परिचय स्थापीत गर्न यसका पुर्व अध्यक्षहरु उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले र भवन भट्टले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन ।

घलेले सुरु गरेका कयैन महत्वाकाक्षी योजनाहरु लाप्राक, एनआरएन भवन र शंखमुल पार्क भवन भट्टले पुरा गरेर नेतृत्ववाट बिदा भए । एनआरएनको मुल भावका रुपमा रहेको सामाजिक अभियानलाई अगाडि बढाउने जिम्मेबारी अहिलेको नेतृत्वमा आएको छ ।

कुमार पन्तको नेतृत्वको टोलीले पदलाई अस्थाइ संझेर राजनितीलाई बिर्सेर अनि गरिमामय गैरआवासिय नेपाली संघको अभियानमा निस्वार्थ भावना र समपर्णमा लाग्ने बेला आएको छ । अलंकारिक र औपचारिक पद भन्दा संस्थाको हितका खातिर गतिशिल भएर सबैहात एकै साथ बनाएर लाग्नु पर्ने अहिलेका आवश्यकता हो । नत्र यसका हितैषीहरुले भन्न थालेका छन, राजनितीक पस्यो, एनआरएन फस्यो ।