राजधानीमा दुई महिलाको हत्या

0
34

कार्तिक २६,काठमाडौं । राजधानीमा दुई महिलाको हत्या भएको छ। शनिबार र आइतबार राति आफ्नै श्रीमानबाट दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ।

आइतबार राति बूढानिलकण्ठ वडा नम्बर १० कपन शिवमन्दिर हाइट नजिक ३५ वर्षीया प्रमिला राईलाई श्रीमान् ४० वर्षीय सुवास राईले छुरा प्रहार गरी हत्या गरेका छन्।

खोटाङ घर भई डेरा बस्दै आएका उनीहरूबीच मनमुटाव हुँदा हत्या भएको बौद्ध प्रहरीले जनाएको छ। श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

शरीरमा जथाभावी छुरा हान्दा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा चाबहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा मृत्यु भएको बौद्ध प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनिहरु तीन वर्षदेखि कपन बस्दै आएका सुवास ज्यामी काम गर्थे। प्रमिला चिया पसल गर्थिन्।

‘श्रीमानले श्रीमतीमाथि बढी शंका गर्ने गरेका रहेछन्, त्यसै विषयमा झगडा हुँदा मादक पदार्थ सेवन गरेका सुवासले छुरा हानेको खुल्न आएको छ,’ चन्दले भने।

त्यसै गरि, शनिबार राति काठमाडौं–१६ सामाखुसीमा ६५ वर्षीय हिरालाल महर्जनले आफ्नै श्रीमती ६० वर्षीया हिरादेवी महर्जनको हत्या गरेका छन्। पारिवारीक झगडाका क्रममा हिरालालले श्रीमतीलाई हथौडाले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हिरादेवीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लैनचौर प्रहरीले जनाएको छ। हिरालाल फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। кушон купитьkisty4makiyazh.xyzcububuyaposuda.xyzsochi russia tourist attractionsrussia.info

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here