राजधानीमा तस्करका घटना दिनानुदिन बढ्दै

0
33

अनिल सापकोटा
भाद्र १०, काठमाडौँ । महानगरिय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले शुक्रबार साझ कोटेश्वरको जडिवुटिबाट ४ जनालाई चितुवाको छाला सहित पक्राउ गरेका छ ।

अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको खोज तलास को क्रममा का.जि.का.म.न.पा कोटेश्वर ईलाकामा चेकजाँच गर्दा उनिहरुलाई साथ बाट चितुवाको पूर्ण कदको छाला  झोलामा लुकाई छिपाई राखेको अबस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामेछाप दोरम्वा (६ वस्ने २५ वर्षिय सुनिल लामा , साहि स्थान बस्ने २५ वर्षिय पर्वत थापामगर , सोहि स्थानका २३ वर्षिय विशेष तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी वस्ने २१ वर्षिय सरन गिरी रहेका छन् ।

उक्त तस्करहरुबाट प्रहरीले ६ फिट ४ ईन्च लामो चितुवाको छाला बरामत गरि उनिहरुलाई नियन्त्रणमा लिई महानगरिय प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भईरहेको छ । उनिहरुलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय हात्तिसार पठाईने छ ।

गत २ गते सोह्रखुट्टेबाट महानगरिय प्रहरी वृत , लैनचौरको टोलिले २ जनालाई सालकको खपेटा सहित पक्राउ गरेको थियो । राजधानीमा तस्करका घटना दिनानुदिन बढ्दै गइरहेको छ । удаленная профессия копирайтермелодия от айфонаapps to help budget moneyяк прибрати рекламу в вккупить ролеты на окна недорогоsunnic