रविलाई पाँच दिन थुन्न जिल्ला अदालतको आदेश

0
17

साउन ३१, काठमाडौं । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।

शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रवि सहित युवराज कडेँल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता लामिछाने बिहीबार साँझ काठमााडौंबाट पक्राउ परेका हुन् । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको थियो ।

चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here