युवा हुङ्कार र Iroha ले ईदको अवसरमा गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

0
74

जेष्ठ २६, काठमाडौं । युवा हुङ्कार राष्ट्रिय मासिक र Iroha Language Academy ले सयुक्त रुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद– फितरको अवसरमा पारेर युवा हुङ्कार र Iroha ले राजधानीको डिल्लीबजार स्थित आफ्नै कार्यलयको प्राङ्गणमा आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम अयोजना गरेका थिए ।

कार्यक्रममा इस्लामीक युवा ंसंघका अध्यक्ष नजरुल हुसन, विश्व हिन्दु महांसघका कार्यबाहक अध्यक्ष तथा पुर्व मन्त्री दिनबन्दु अर्याल, नेपाली जामे मस्जीदका पूर्व सचिव मो. अशरफ, प्रदेश संसद दिपेन्द्र श्रेष्ठ, कामनपा ३०, २९ र ११ का वडा अध्यक्षहरु, इक्यानका पूर्व अध्यक्ष राजेन्द्र पाण्डे लगाएत १५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमा इस्लामीक युवा ंसघका अध्यक्ष हुसन, विश्व हिन्दु महांसघका कार्यबाहक अध्यक्ष अर्याल र इक्यानका पूर्व अध्यक्ष पाण्डेले शुभकामाना दिनु भएको थियो ।

विश्वमा धर्मको नाममा विभिन्न किसिमका हिंसा भइरहेको आवस्थामा यो कार्यक्रमले मेलमिलाप ल्याएको बक्ताहरुले बताउनुभयो ।

नेपालीहरुको बीचमा आपसी मेलमिलाप र भावनात्मक एकताको खाँचो औल्याउदै सम्पुर्ण धर्म समान हुन, सबै धर्मलाई सम्मान गर्नुका साथै यस्ता किसिमका कार्यक्रमले मानव धर्म नै सबैको धर्म हो भन्ने सन्देश दिएको कुरा सम्पुर्ण सहभागिहरुले बताउनु भयो ।

कार्यक्रमा शोसेल पार्टनरको रुपमा युथ अफ सांग्रिला रहेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here