म्यानमारकी विदेश मन्त्री सुकी २ दिने भ्रमणमा लागि आइपुगेन् काठमाडौं

0
13

मंसिर १३, काठमाडौं । म्यानमारकी विदेश मन्त्री आङ सान सुकी २ दिने भ्रमणमा लागि काठमाडौं आइपुगेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि उत्रिएकी सुकीलाई रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आएकी हुन्। परराष्ट्र मन्त्रालयले उनको भ्रमणलाई औपचारिक सद्भावना भ्रमण भनेको छ। उनी काठमाडौंमा हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्।

मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ। उनी समिट सुरू भएकै दिन फर्कनेछन्।

सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छिन्। दुई पक्षीय हितबारे प्रधानमन्त्री ओलीसँग पनि उनले वार्ता गर्ने कार्यक्रम छ।

यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन्। २०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन्। магнитноinsta serverprodvijenie.xyzкупить нэцкэsunnic.xyzwhat to do in st petersburg this weekend