मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द

0
8

भदौ ३१, काठमाडौं । लगातारको वर्षाले मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द भएको छ ।

भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले  जानकारी दिए ।

विमानस्थलबाट हुने उडान भने रोकिएको  छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

वायु  सेवा  कम्पनीहरुका अनुसार मंगलबार निर्धारित अधिकांश आन्तरिक उडान रद्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् ।