मैतिदेविमा श्रीमद्भागवत महापुराण महोत्सव हुने

0
556

मंसिर ४, काठमाडौं । काठमाडौंको मैतिदेविमा अनुष्ठात्मक श्रीमद्भागवत महापुराण महोत्सव हुने भएको छ ।

वेणुगोपाल मन्दिर

श्रीमद्भागवत महापुराण महोत्सव मैतिदेवि चोक वेणुगोपाल मन्दिरको परिसरमा सन्चालन हुने छ ।वेणुगोपाल मन्दिर निर्माण समितिले आयोजना गर्न लागेको महापुराण महोत्सवमा स्वामी श्री चक्रपाणी आचार्यले श्रीमद्भागवत महापुराण वाचन गर्नुहुने भएको छ ।

श्रीमद्भागवत महापुराण महोत्सवको मुख्य उद्देश्य वेणुगोपाल मन्दिर निर्माणको लागी आर्थिक सहयोग जुटाउने रहेको र यसले केही हत सम्म सहयोग हुने निर्माण समितिका अध्यक्ष शिवराज राजवंशीले बताउनु भयो ।

मन्दिर निर्माण समितिका अध्यक्ष शिवराज राजवंशी

मैतिदेवि चोक स्थित ४ रोपनी ४ आना २ पैसा क्षेत्रफलमा फैलिएको वेणुगोपाल मन्दिर अहिले निर्माण भइरहेको छ । २४ करोड अनुमान लागत गरेको उक्त निर्माणधिन मन्दिरको निमार्णमा केही सहयोग हुने अपेक्षा गरेर श्रीमद्भागवत महापुराणको अयोजना गरेको अध्यक्ष राजवंशीले बताउनु भयो ।

वेणुगोपाल मन्दिरको ५० प्रतिशत काम सकिदा सम्म स्थानियबाट रु २ करोड १५ लाख, महानगरपालिकाबाट रु ५० लाख र सासंदकोषबाट प्रदेश सभा सासंद दिपेन्द्र श्रेष्ठको पहलमा रु १ करोड उपलब्ध भएको र यो श्रीमद्भागवत महापुराणले केही मदत पुग्ने अध्यक्ष राजवंशीले बताउनु भयो ।

श्रीमद्भागवत महापुराण महोत्सव मंसिर १५ गते आईतबार देखि सुरु भई मंसिर २३ गते सोमबार समापन हुनेछ ।