मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा  १४ जनाको मृत्यु

0
7

एजेन्सी

मंसिर १५, काठमाडौं । मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा  १४ जनाको मृत्यु भएको छ ।

भिडन्तमा परि तस्करीमा संलग्न १० जना हतियारधारी र चार प्रहरीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अमेरिकी सीमाक्षेत्र नजिकैको सहर भिल्ला युनियनमा भिडन्त भएको जनाएको छ । जुन सीमाक्षेत्रको सहर पिएद्रास निग्रासबाट ६५ किलोमिटर पर पर्छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रमा आतंकवादी समूहका कारण द्धिपक्षीय तनाब बढेको बताएको भोलिपल्टै यस्तो भिडन्त भएको हो ।