मुना कार्कीको कामदार चौधरीले नै हत्या गरेको खुलासा

0
19

माघ २७, काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

बिहान १० बजेर १० मिनेटमा युवकले मुनालाई डोरी घाँटीमा लगाएर लडाएको र त्यसपछि पिर्काले प्रहार गरेर हत्या गरेको देखिए हो। हत्याको कारण भने खुल्न सकेको छैन। ‘केही समय दुई पक्षबीच लडाई भएको देखिन्छ। त्यसपछि मुनाको हत्या गरेर चौधरीले पनि आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अचेत भेटिएकी कार्कीको उपचारको क्रममा स्टार हस्पिटलमा मृत्यु भएको हो।

पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने घटनाको समय १२ वर्षका छोरा स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।