मालपोत अधिकृत ५९ हजार घुससहित पक्राउ

0
19

भदौ ४, काठमाडौ । मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको जनाएको छ ।

रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग कुँवरले ५९ हजार घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले कुँवरलाई पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट घुस रकमसहित  नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।