महापुराणमा प्रदेश नम्बर ३ का मुख्यमन्त्रीको पौडेल उपस्थिति

0
37
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल

सुनिल चिमरिया
मंसिर १८, काठमाडौं । श्रीमद्भागवत महापुराण महोत्सव काठमाडौं मैतिदेवि चोक वेणुगोपाल मन्दिरको परिसरमा सन्चालन भइरहेको छ ।

मंसिर २३ गते सोमबार सम्म चल्ने महापुराणको मंसिर १५ गते उद्घाटन भएको थियो ।

वेणुगोपाल मन्दिर निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्य सन्चालन गरेको महापुराणको चौथो दिन अर्थात आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएको थियो ।

महापुणामा बोल्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो मलाई भौतिक सम्पतिका आधारमा होइन आध्यात्मीक चिन्तनले यहाँ सम्म पुयाएको छ । हामिले भगवान देखेका छैनौ तर विश्वास राख्छौ र हामिले सबै सगं विश्वास राख्नु पर्छ, त्यसैले धर्म एउटा विश्वास हो ।

प्रदेशको धार्मिक, सांस्कृतिक विकास गर्ने मेरो दायत्व हो र म यस वेणुगोपाल मन्दिर निर्माणको लागि केहि न केहि गर्ने छु मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

त्यस्तै विषेश अथितिको रुपमा उपस्थित हुनुभएका प्रदेश सांसद दिपेन्द्र श्रेष्ठलले भन्नु भयो, वास्तबमा हामीले केहि लिएर आएको थिएनौ र यो सबै भगवानको क्रिपा हो । त्यसैले हामीले भगवान प्रति विश्वास राख्यौ भने हामी शुखि र सम्मपन्न हुने छौं ।

वेणुगोपाल मन्दिर निर्माण समितिको आयोजनामा सन्चालन गरेको महापुराणमा स्वामी श्री चक्रपाणी आचार्यले श्रीमद्भागवत महापुराण वाचन गरिरहनु भएको छ ।

मैतिदेवि चोक स्थित ४ रोपनी ४ आना २ पैसा क्षेत्रफलमा फैलिएको वेणुगोपाल मन्दिर अहिले निर्माण भइरहेको छ । २३ करोड अनुमान लागत गरेको उक्त निर्माणधिन मन्दिरको निमार्णमा केही सहयोग हुने अपेक्षा गरेर श्रीमद्भागवत महापुराणको अयोजना गरेको मन्दिर निमार्ण समेतिका अध्यक्ष तथा महापुराण अयोजक मुल समरोका सहयोजक शिवराम राजवंशीले बताउनु भयो ।

वेणुगोपाल मन्दिरको ५० प्रतिशत काम सकिदा सम्म स्थानियबाट रु २ करोड १५ लाख, महानगरपालिकाबाट रु ५० लाख र सासंदकोषबाट प्रदेश सभा सासंद दिपेन्द्र श्रेष्ठको पहलमा रु १ करोड उपलब्ध भएको र यो श्रीमद्भागवत महापुराणले केही मदत पुग्ने अध्यक्ष राजवंशीले बताउनु भयो ।