महराले सभामुख पदबाट दिए राजीनामा

0
10

असोज १४, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।

महिलामाथि यौनदुर्व्यहारको आरोप लागेका सभामुख महराले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् ।

सचिवालयकै एक कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहान् बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद र समामुख दुवै पदबाट राजीनामा दिन आग्रह गरेको थियो ।