जेष्ठ २८, काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक मःम सेन्टरमा आगलागी हुँदा तीन जना घाइते भएका छन्।
आज दिउँसो करिब २ बजेतिर शंखमुलको शानदार मःम सेन्टरमा आगलागी हुँदा मजदुर रामकृष्ण बुढाथोकीलगायत तीन जना घाइते भएका हुन्।
पसलमा ग्यास सिलिण्डर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
घाइते बुढाथोकीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको छ। यस्तै आगलागी हुँदा पसल रहेको घरको माथिल्लो तल्लामा रहेकी एक महिला ज्यान जोगाउन हामफाल्दा उनी पनि घाइते भएकी छन्। यस्तै अर्का एक कामदारलाई पनि सिसा फुटेर लाग्दा सामान्य घाइते भएका छन् ।
आगलागीबाट लगभग ५० लाख बराबरको क्षति भएको मःमः सेन्टरका सञ्चालकले बताए। आगलागीका कारण पसलमा रहेको सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।