भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक प्रहरीसहित दुइ जनाको मृत्यु

0
17

असार २५, काटमाडौं । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ।

विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् ।

गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी जवान सञ्जिव राईको ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै  प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइकाे मृत्यु भएकाे हाे।

घटना स्थलबाट प्रहरीले लाेडेड चाइनिज पेस्ताेल र त्यसमा लाग्ने ६ रउन्ड गाेली बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here