भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

0
20

साउन २२, काठमाडौं । ६७ वर्षको उमेरमा भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भएको छ ।

स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मंगलबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा मंगलबार राति नै निधन भएको जनाएको छ ।

२५ वर्षको उमेरमा राजनीतिमा आएकी स्वराज तीन पटक विधानसभा चुनाव जितिन् । उनी सात पटक सांसद भएकी थिइन् ।
भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिने जनाएको छ ।