भारतलाई १८ रनले हराउँदै न्युजिल्याण्ड फाइनलमा

0
2

असार २६, काटमाडौं । भारतलाई १८ रनले हराउँदै न्युजिल्याण्ड आइसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

जीतका लािग २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे । जेडेजाले विस्फोटक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७७ रन बनाए । त्यस्तै, धोनीले ७२ बलमा ५० रनको योगदान दिए ।

रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन मात्र बनाउन सके । ३० ओभरमा ९२ रन हुँदा भारतले ६ विकेट गुमाइसकेको थियो ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियमसनले ६ चौका हिर्काए । त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा र युज्वेन्द्र चाहालले एक–एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here