भक्तपुर प्रदेश सभामा कांग्रेस विजयी

0
9

मंसिर १५, काठमाडौं । भक्तपुर प्रदेश १ ‘क’ को उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्।

भँडेलले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकाललाई  २ हजार २ सय ४३ मतले पछि पार्दै विजयी भएका हुन् ।

अन्तिम मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत पाएर विजयी भए भने उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत ल्याएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।