बौद्धमा प्रहरीको छापा, ७ लाख १९ हजार सहित २१ जना

0
19

पुस २२, काठमाडाैँ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले शनिबार राति बौद्धमा छापा मारेको छ।

बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मारेको हो। घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले २१ जनालाई पक्राउ समेत गरेको छ।

छापा मार्ने क्रममा २१ जनालाई पक्राउ गरिएको परिसरका डीएसपी होमिन्द्र बोगटीले पुष्टि गरे। केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा मध्यराति छापा मारिएको हो, डिएसपी बोगटीले भने।

७ लाख १९ हजार ८ सय २० रुपैयाँसमेत बरामद गरिएको बताए। उनले भने,‘पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगिने छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here