बैँक खाताबाट पैसा चोरी गर्ने ५ जना पक्रउ

0
210

 

अनिल सापकोटा
भाद्र २६, काठमाडौं । सोमबार विहान विशेष सुचनाका आधारमा महानगरिय प्रहरी परिसरको टोलिले ठमेलको एक होटलबाट बैँकको डाटा ह्याकर टोलिलाई नियन्त्रणमा लिएको छ ।

उक्त टोलिले विभिन्न देशका व्याक्तिहरुको डाटा ह्याकर गरि नेपालका विभिन्न बैँकहरुमा खोलिएको खाता मार्फत उपलव्ध गराईएको पि.ओ.एस.,डाटा कार्ड रिर्डर मेसिन र एम.एस.आर. मेसिन प्रयोग गरि रकम निकाल्ने गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । उनीहरुले कुमारी बैँक, इन्भेष्टमेन्ट बैँक, टुरिजम बैँक र मेघा बैँकबाट गरि ८ लाख (हालसम्म) ट्रासफर गरेको तर त्यो रकम बढ्न सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका व्याक्तिहरु 

बिजय दोङ लामा   – नेपाल
अनुज नकर्मी –  नेपाल
विटु गौतम   –  भारत
बिकास गोसाई  –  भारत
जिन्टु जोए  – भारत

पक्राउ परेका मध्ये बिजय दोङ लामा र अनुज नकर्मी पहिला पनि पि.ओ.एस. मेसिन उपलब्ध गराएको आरोपमा ६० दिन हिरासतमा बसि धरौटिमा रिहा भएका थिए । विटु गौतम व्यापारको सिलसिलामा विगत ३ महिनादेखि आवतजावत गरिरहेका थिए भने जिन्टु जोएले डाटा कार्ड रिर्डर अनलाइन मार्फत चीनबाट खरिद गरेको पाइएको छ । जोए को भारतको केरेलामा कम्प्यूटरको विजनेस समेत रहेको छ ।

उनिहरुको विगतको पृष्ठभूमि हेर्दा करोडौँ रकम ट्रासफर भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले बरामत गरेको सामान

डाटा कार्ड रिर्डर मेसिन (१ थान)
एम.एस.आर. मेसिन (१ थान)
पि.ओ.एस. मेसिन (४ थान)
ल्यापटप (२ थान)
नक्कलि डेविट र क्रेडिट कार्ड (११९ थान)
मोवाईल (५ थान)

यसरि अन्य देशबाट नेपाल आई विभिन्न व्याक्तिहरुसँग मिलेर बैँकको खातामा रहेको पैसा टा«सफर गरि लुट्ने गिरोह मौलाउदै गइरहेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

तपाईको बैँक खातामा रहेको पैसा प्रति तपाई कत्तिको विश्वासिलो हुनुहुन्छ ? के तपाईको खाताको रकम आफै घटेको त छैन ? यसमा सचेत हुनुहोला अनि एटिएमको पिन नम्बर पनि समय समयमा बदल्नुहोला । продвижение сайта омскнабор кастрюль оптомоладии рецептчто такое галитозгрузоперевозки украина украинаvolgograd is located on this russian river

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here