बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति

0
22

माघ २, काठमाडौं । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बी एण्ड सीका सञ्चालक प्रसाईंले २० करोड घुस मागेको आरोप लगाएर बेइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको मागसहित मुद्दा दायर गरेका थिए।

त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार छन् ।