बालगितमै छ मेरो सारा खुसी

0
50

अनिल सापकोटा,
अश्विन १७, काठमाडौँ । हरेक मानिस फरक फरक स्वभाव र प्र्रकृतीका हुन्छन
। त्यस्तै फरक स्वभावका ब्याक्तिमध्ये एक हुन बालगित लेखक एंम रचनाकार प्रदिप
बहादुर थापा ।

मोरङ जिल्लाको विराटनगरमा जन्मिएका थापा अहिले ५८ वर्ष पु्गिसग्दा समेत
उनी केटाकेटी सँग उत्तिकै रमाउछन् । आफ्नो बाल्यकाल कहिले
राजधानी त कहिले विराटनगरमा बिताएका थापा जँहा रहेपनि उनी केटाकेटी
सँगै रमाए । केटाकेटी सँग खेल्न, घुलमिल हुन, उनीहरुलाई विभिन्न
क्रियाकलाप, बालगित देखाइ हसाउन औधी रुचाउने उनी केटाकेटी भन्दा टाडा
बस्नै सक्दैनन् ।

कूनै पनि चिजको वास्तविक यर्थाथ वर्णन बालगितमार्फत गर्न उनी रुचाउछन् । उनले लेखेका बालगितमा हरेक शिर्षकको वास्तविक बर्णन गरीएको हुनाले साना बालवालिकाको मन र मष्तिष्कमा सहि छाप बस्ने थापाको दाबि छ ।
सयौँ शिर्षकमा अंग्रजी र नेपाली भाषामा बालगित लेखेका उनले सबै गितको
फरक फरक नृत्य समेत उनले गर्न सक्छन् । कतिपयले उनलाई
केटाकेटीको गित गाउँदा र त्यसमा नृत्य गर्दा पागलको भनेर खिल्ली समेत
उड्याउन भ्याएका थिए ।

खैर जे होस उनी आफ्नो लक्षमा अडिग छन् । हाल उनले नर्सरी, एल.
केजी, युकेजी र वान लाई गरी जम्मा चार वटा किताब अंग्रजीमा प्रकाशन
गरेका छन् भने नेपाली भाषामा बालगितहरु रचना गरिरहेको र अब प्रकाशन गर्ने सोचमा छन् ।

नेपालका ग्रामिण भेगका हरेक विद्यालयमा उनले ती किताबहरु साना नानीबाबुको हातमा
देख्न चाहेका छन् । лайфхаки в макияже и косметикезакрепитель макияжаалексей егармин коучbudgetapptravel to st petersburg russiaперевозки

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here