बयान नसकिएपछि लामिछानेसहित तिनै जना हिरासतमै रहने

0
13

भदौ ८, काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले रवि लामिछानेसहित तिनै जनालाई हिरासतमा पठाएको छ ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

आज अस्मिताको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी चितवन चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here