प्रादेशिक विश्वविद्यालय गठन गर्ने तीन नम्बर प्रदेशको निर्णय

0
9

पुस ९, काठमाडौं । तीन नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ ।

यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ र २ तथा ऐनको संसोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारीत सामूहिक खेती स्किम सञ्चालन गर्ने समेत निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । покрытие сковородыгугл вебblonde xxxбрендингfrankfurt to berlin by traintours à st petersbourg russie