प्रहरीको मोस्ट वान्टेड रहेका बादशाह पक्राउ

0
63

असार २४ काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सुचीमा रहेका बादशाह भनेर चिनिने नसिम अहमद मुसलमान पक्राउ परेका छन् ।

कपिलवस्तु मायादेवी गाउँपालिकाको पिपरा बस्ने नसिम अहमद मुसलमानलाई पक्राउ गरि आइतबार तौलिहवामा सार्वजनिक गरिएको छ ।

कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको कपिलवस्तुका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) दीपशमशेर जबराले बताउनुभयो ।

फरार सूचीमा रहेका बादशाहमाथि ७ वटा कर्तव्य ज्यान र १ डाँका मुद्दा दर्ता छ । पक्राउ परेका बादशाह उपर तत्कालीन माओवादीका जिल्ला स्तरीय नेताहरू राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपुजन कुर्मी लगायतको हत्या अभियोग लागेको छ ।

२०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको उनीमाथि किटानी जाहेरी परेको छ ।

पछिल्लो समय प्रहरीले विभिन्न हत्या अपराधमा संलग्न रहेका फरार अपराधीहरुलार्ई धमाधम पक्राउ गरेको प्रहरी उपरिक्षक दीपशमशेर जबराले बताउनुभयो ।rtbрыбалка купитьотбеливание зубов гелемalthea dressplaces in moscow russia to visitbest time to go to moscow