प्रहरीको केन्द्रीय प्रवक्तामा डिआईजी पोखरेल

0
11

वैशाख ३१ काठमाडौं । प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताकाे जिम्मेवारी डिआईजी विश्वराज पोखरेललाई दिएको छ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमासञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि डिआईजी पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको जनाएको छ।

वैशाख २७ मा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार आईजीपी सर्वेन्द्र खनालले फूली  लगाइदिएका थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी डिआईजी पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाएको छ।

यस अघि प्रहरी प्रवक्तामा उत्तम सुवेदी थिए। उनको महानगरीय प्रहरी परिसर काठमाडाैंमा सरुवा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here