प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दौ

0
7

असार ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मंगलबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली फ्रान्सलगायतका युरोपका देशहरु घुमेर गत आइतबार स्वदेश फर्किएका थिए । संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् ।

सरकारले सदनमा प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयकले पछिल्लो समय सरकार आलोचित बनिरहेको छ । गुठी मास्ने गरी विधेयक ल्याइएको भन्दै चौतर्फी विरोध भईरहेको छ ।

त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् । सरकारले यो विधेयक संसद्मा प्रस्तुत गरे पनि चौतर्फी विरोधका कारण अघि बढ्न सकेको छैन ।макияж софи лорен фото инструкциясписок сайтов для бесплатной раскрутки сайтовwedding dresses with full back coverageшпион для одноклассниковtour guide in moscowжалюзи на кухню цена