प्रधानमन्त्रीले २ वर्षे उपलब्धि संसदमा आज प्रस्तुत गर्ने

0
8

फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आज २ वर्ष पूरा भएको छ ।

यसै अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धि र गरेका कामहरू शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दैछन्।

शुक्रबार २ बजे बस्ने प्रतिनिधिसभा बैठमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

२०७४ मसिंरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि २०७४ फागुन २ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।