प्रदेश पूर्वाधार विकास साझेधारी कार्यक्रम अन्तर्गत सांसद वैद्यका योजना यस्ता छन्

0
39
प्रदेश सांसद नरोत्तम वैद्य

मंसिर १६, काठमाडौं । प्रदेश पूर्वाधार विकास साझेधारी कार्यक्रम अन्तर्गतका योजनाहरु निर्वाचन क्षेत्र नं. ४(क) काठमाडौंले स्वीकृत गरेको छ ।

प्रदेश पूर्वाधार विकास लागि प्रदेश सासंदहरुलाई आप्नो निर्वाचन क्षेत्रको विकासका लागि रु ३ करोड संसदकोषले छुट्याएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ (क) प्रदेश सांसद नरोत्तम वैद्य हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं. ४ (क) अन्तर्गत काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० वडाहरु रहेका छन् ।

वडा १ अन्तर्गत नक्सालको अन्नपूर्ण मार्ग सडक स्तरोन्नतीको लागि रु १८ लाख ८० हजार र नन्दकेश्वर महादेव मन्दिरको जिर्णेद्धार तथा निर्माणको लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै वडा ७ मा पाँच वटा योजनाहरु श्रम राष्ट्रिय मा.वि को पूर्वाधार निर्माणमा रु १० लाख, सामुदायिक सेवा केन्द्र रुद्रेश्वर महादेवको सत्तल निर्माणमा रु १० लाख, चारुमति विहार भित्र पौराणिक गेट जिर्णेद्धार तथा मर्मत सुधारको लागि रु १० लाख, लामपोखरी पार्कको पूर्वाधार विकास तथा सौर्दन्यीकरणको लागि रु ५० लाख र ओम नरसिंह कलेज देखी शान्ति गोरेटो जोड्ने सडक स्तरोन्नतीको लागि रु १० लाख बजेट छुट्याएको छ ।

नगरिकले सहजै निःशुल्क रुपमा रगत पाउनु पर्छ र कसैलाई पनि रगतको अभावले गाह्रो सारो नहोस भन्ने उद्यश्यले वडा ८ अन्तर्गत नेपाल रेडक्रस सोसाईटीको blood bank को पूर्वाधार निर्माणको लागी रु ५० लाख छुट्याएको सांसद वैद्यले बताउनु भयो ।

त्यस्तै गरी सडक बत्ती विस्तार (प्रदेशस्तरीय उज्याले र शान्ति सुरक्षा कार्यक्रम) वडा ८ मा रु १० लाख र क्रियापुत्री भवन निर्माण (गुह्येश्वरी क्षेत्र) को लागी रु १० लाख बजेट छुट्याएको छ ।

त्यस्तै वडा ३० मा क्रियापुत्री भवन निर्माण, डिल्लीबजार (क्रमागत) का लागि रु ५० र नारायण चौर पार्क निर्माण तथा सार्वजनिक तथा शौचालय निर्माणका लागी रु २० लाख बजेट छुट्याएको छ ।

आम जनताको पहुचमा हुने कार्यक्रमहरु नै हामिले समावेश गरेका छौ सांसद वैद्यले भनुभयो ।

प्रदेश पूर्वाधार विकास साझेधारी कार्यक्रम अन्तर्गत योजनाहरु यस्ता छन् ।