पेट्रोलियम खानी अन्वेषण गर्न चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने

0
20

फागुन १७, काठमाडौं । बिहीबार बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।

नेपालबाट गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चाईना जिओलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउन सम्झौता गरेको हो ।

सम्झौता अनुसार अबको एक महिनाभित्र चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्नेछ । पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ ।

‘अन्वेषण गरी इन्धनको प्रकृति अनुसार कति क्षमताका खानी छन् ? व्यवसायिक उत्खनन् सम्भव छ/छैन लगायतका तथ्य बाहिर आउँछ’, उनले भने । यसका लागि गत २९ पुसको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिइसकेको छ ।

यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो । तीन दशकअघि नै पेट्रोलियम खानीको अन्वेषण थालेको भएपनि त्यसले ठोसरुप पाउन सकेको छैन ।

०७२ चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुनु । त्यसैमा टेकेर चिनियाँ टोलीले वैशाख ०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो ।

त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषण हुन सकेको थिएन । अबको अन्वेषणले कम लागतमा पेट्रोलियम उत्खनन् गर्न सकिने क्षेत्र पहिल्याउने छ ।

विभागका उपमहानिर्देशक घिमिरेका अनुसार पेट्रोलियम खानी अन्वेषणका लागि एक करोड बजेट विनियोजन भएको छ । खानी अन्वेषणका लागि नेपालले झण्डै ४ अर्ब लागत लाग्ने प्रस्ताव पठाएकोमा चीन सरकारले अनुदान वापत २ अर्ब २० करोड छुट्याएको घिमिरेले जानकारी दिए । rtb videoзайти на одноклассники через анонимайзер бесплатноминоуgoogle подбор ключевых словОсобенности контейнерной доставки товаров из КитаяТунян Нарек

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here