पूर्वीचौकी गाउँपालिकाले बस सेवा सञ्चालन

0
10

माघ १३, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले बस सेवा सञ्चालन गरेको छ ।

अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुईवटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बाताए ।

अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसो र बेलुका बस छुट्ने गाउँपालिकाका प्रशासकीय अधिकृत बिनोद सापकोटाले बाताए ।

गाउँपालिकाले एक्साभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार, मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here