पाँच किलो चरेश सहित पक्राउ

0
66

अनिल सापकोटा,
कार्तिक १५, काठमाडौँ । काठमाडौं चन्द्रगिरी नगरपालिका १२ स्थित गर्जुधाराबाट अवैध लागुऔषध चरेश ५ केजी ६० ग्रामसहित ४ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्वुको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुले धादिङ जिल्लाबाट ओसार पसार गरी राजधानी भित्राउन खाजिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ का १८ वर्षीय विक्रम लोप्चन, सोही ठाउँ बस्ने १८ वर्षीय दिनेश तामाङ, १८ वर्षीय रामबहादुर लोप्चन र २७ वर्षीय बिकास तामाङ रहेका छन् । चन्द्रगिरी नगरपालिका १२ गुर्जुधारास्थित महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका चारलाई महानगरीय प्रहरी वृत थानकोटमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनीहरूलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । Стоп-словажидкий иллюминайзериейк апцщквыефеотследить товар из китаягоризонтальні жалюзі

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here