नेवि सघं पिके क्याम्पस कमिटीद्धारा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान

0
217

वैशाख ३० काठमाडौं । नेपाल विद्यार्थी संघ पदमकन्या क्याम्पस कमिटीद्धारा विद्यार्थीहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरेको छ ।

कार्यक्रमको सभापतित्व नेपाल विद्यार्थी संघ क्याम्पस कमिटी सभापति लक्ष्मी दहालले गर्नु भएको थियो भने प्रमुख अथितिको रुपमा सोही क्याम्पसका क्याम्पस प्रमुख धन प्रसाद पडित रहनुभएको थियो ।

देशमा महिला हिंसाका घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरुलाई आत्मरक्षा अर्थात सेल्फ डिफेन्ससम्बन्धी तालिम आज बिहान ४ घण्टा क्याम्पसमा नै प्रदान गरेको थियो ।

आत्मविश्वासको कमीका कारणले महिलामाथि हिंसा बढ्दै गएकाले हातहतियार बिना नै हात र खुट्टाको मद्दतमा आफूमाथि हुने हिंसा र आक्रमणको प्रतिकार कसरी गर्ने र आफूलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा करातेका गुरुहरुले प्रशिक्षक दिएको थियो ।


कार्यक्रममा बोल्दै सभापति दहालले भनुभयो महिला माथी हुने हिंसाको विरुद्ध हामी सदैैंव यस्ता कार्यक्रमा अगामी दिनेमा पनि गरिरहने छौ ।

प्रशिक्षणमा झण्डै ४०० विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here