नेपाल राष्ट्र बैंकले नयाँ ब्याजदर लागू गराउन बैंकहरुलाई निर्देशन

0
13

पुस ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अर्थात आजदेखि नयाँ ब्याजदर लागू गराउन सबै बैंकलाई निर्देशन दिएको छ ।

शुक्रबारदेखि बचतमा बढीमा ६ दशमलव ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दतीमा ९ दशमलव २५ र संस्थागत मुद्दतीमा ८ प्रतिशत मात्र व्याजदर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

न्यूनतम ब्याज अन्तर दुई प्रतिशत बिन्दु राख्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

ब्याज दिन र लिन तँछाडमछाड गर्न थालेपछि सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिहीबार बोलाएर राष्ट्र बैंकले ब्याजको मामलामा आफुखुसी सस्तो प्रतिस्पर्धा नगर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकसँगको छलफल लगत्तै बसेको नेपाल बैंकर्स संघको बैठकले ब्याजदर घटाउने सहमति गरेको हो । बैठकले बचतमा अधिकतम साढे ६ प्रतिशत मात्र ब्याज दिने र न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here