नेपाल चार्टड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबिच सम्झौता

0
7

काठमाडौ, साउन २९
नेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंकबिच सम्झौता भएको छ । सम्झौता अनुसार एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितोमा प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारुरुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखातथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।
द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाखसम्मको प्रोफेशनल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए । साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारीभएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथाबित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी गराए ।
समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुुन ।