नेपाल कलाकार संघका अध्यक्ष बोगटी दुर्घटनामा परेर निधन

0
17
आश्विन २३, काठमाडौं ।  नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेर निधन भएको छ ।

आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएका उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी  अस्पतलालमा  निधन भएको हो ।

घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । उनले केही चलचित्र पनि निर्माण गरेका थिए । बोगटी स्वाभिमान र माया गर ल चलचित्रका निर्माता हुन् ।

उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।  हाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका बोगटी आफनै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर चौधौं महाधिवशेनबाट संघको नेतृत्वमा पुगेका थिए ।

m odnoklassniki ru мобильнаяdeffotiondresses.xyzcmsкак узнать позицию сайта в поискеНарекремонт жалюзи киев