नेपाल ओमानसँग ७ विकेटले पराजित

0
33

नेपालका लागि सागर पुनले ८३ रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाएका हुन् । नेपालको खातामा ज्ञानेन्द्र मल्ले ४५, आरिफ शेखले ३८, करण केसीले २६ रन जोडे । त्यसैगरी दिपेन्द्र ऐरीले ९, पासर खड्काले ८, सोमपाल कामीले ५ र सुवास खकुरेलले ४ रन जोडे ।

ब्याटिङमा मध्यम स्तरको खेल प्रदर्शन गरेको नेपाल बलिङमा कमजोर देखियो । पहिलो विकेट पारस खड्काले लिए । सन्दीप लामिछानेले राम्रो बलिङ गरे । उनले १० ओभरमा २७ रन दिए । पाँच ओभर बलिङ गरेका सोमपाल कामीले २७ रन दिए ।

पारस खड्काले ७ ओभरमा २७ रन दिँदा करण केसीले ६ ओभरमा २९ रन दिए । सागर पुनले ८ ओभरमा ३० रन दिए भने दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १९ रन दिए। दीपेन्द्रजस्तै बसन्त रेग्मी महंगा सावित भए उनले ९ ओभरमा ६१ रन दिए।

ओमानका लागि कवार अलीले सर्वाधिक ८४ रन बनाए भने जिसम मसुटले ४५ रन बनाए ।  अली र मसुट नटआउट रहँदै ओमान १२ बल बाँकी हुँदा विजयी भएको हो । भिएस वाटरकोटले ४१ रन बनाए भने जतिन्दर सिंहले ३० रन बनाए ।

cububu.topseo форумыsex cam girlпроверка ссылкиде грузkremlin de kazan