नेपाली क्रिकेट टोलीका कप्तान खड्का विश्व वरीयतामा ६६ औं स्थानमा

0
10

साउन २२, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का विश्व वरीयता क्रममा सुधार गर्दै माथि उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको वरीयता क्रमअनुसार पारस टी २० क्रिकेटमा ब्याटस्म्यान तर्फ ६६ औं स्थानमा परेका हुन्। यसअघि उनी ९३ स्थानमा परेका थिए।

टी २० वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा रहेका छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो स्थानमा रहेका छन्।

अलराउन्डरतर्फ पनि पारसले सुधार गर्दै २५ औं स्थानमा परेका छन्। पहिला ३९ औं स्थानमा थिए । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने ३० औं स्थानमा रहेका छन्। अलराउन्डरतर्फ अस्ट्रेलियाली ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन्।

टी २० मा बलरतर्फ बसन्त रेग्मी र सोमपाल कामी वरीयता सूचीमा परेका छन्। बसन्त ७१ औं स्थानमा परेका छन् भने सोमपाल कामी ७८ स्थानमा यथावत् रहेका छन्। सन्दीप लामिछाने भने वरीयता क्रममा परेनन्।