नेपालले दियो सिंगापुरलाई २८३ रनकाे बलियो लक्ष्य

0
15

चैत्र २९, काटमाडौं । यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई दुई सय ८३ रनको बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो ।

१८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई कप्तान रोहितकुमार पौडेल र पवन शर्राफले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रित गौतम तीन रनमा र आशिफ शेख मात्र आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।

त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एक सय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भिम शार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौ विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुर्‍याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् । флегмонозныйпродвижение сайтов в поисковых системахchatterbateсколько стоит кисть для хайлайтераblack sea travelдешевые купальники