नियन्त्रणमा आउदैछ राजमार्गको सुरक्षा ब्यवस्था

0
32

युवा हुङ्कार संवाददाता

असार २६, कपिलवस्तु । कपिलवस्तु, रौतहट, बाँके लगायतका तराईका सिमावर्ती क्षेत्र आपराधिक क्रियाकपाको दृष्टिले बारम्बार चर्चामा आउने गर्दछन् ।

यदाकदा धार्मिक बिवादले पनि यो क्षेत्रलाई अशान्त पार्छ । अन्य जिल्लाहरुको तुलनामा निकै नै ठुलो रहेको र जिल्लाको ठुलो क्षेत्रफल भारतीय सिमासंग जोडिएका कारण पनि यो क्षेत्र अशान्त हुने गरेको बुझाई सो क्षेत्रको बासिन्दाहरुको रहेको छ ।

यो जिल्लामा मात्र ८० किलोमिटर राजमार्ग रहेको छ भने ९४ किलोमिटर जति क्षेत्रफल भारतीय सिमासंग जोडिएको छ । त्यही कारण पनि यो क्षेत्रमा अपराधिक गतिबिधिहरु बढी हुने गरेको हुन सक्छ ।

तर यो क्षेत्र पछिल्लो समय केही शान्त देखिन थालेको छ । सो क्षेत्रमा रहेको प्रहरी प्रशासनले आफ्नो सक्रियता बढाएसंगै ति क्षेत्रहरु शान्त देखिन थालेका हुन ।

खुल्ला सिमानाका कारण यो क्षेत्रको सबैभन्दा ठुलो समस्या भनेको तस्करी हो, तर अहिले यो तस्करी निकै नै कम भएको कपिलवस्तुका प्रहरी प्रमुख दीप शमसेर राणा बताउँछन । प्रहरीले आफ्नो सक्रियता बढाएसंगै बिगतका बर्षहरुमा झण्डै चार महिनामा उठ्ने राजश्व पछिल्लो एक महिनामा नै उठाएको जानकारी आफुले भन्सार कार्यालयबाट पाएको उनले बताएकाछन । यो क्षेत्रको शान्ति सुरक्षाको लागि प्रहरीको ४७ युनिट कार्यरत रहेका छन । ट्राफिक प्रहरी समेत गरी यो क्षेत्रमा ५५ युनिट सञ्चालनमा रहेका छन । यि सबै युनिटहरुको सामुहिक प्रयास कै कारण यो क्षेत्र पछिल्लो समय शान्त हुदै गएको हो, प्रहरी प्रमुख राणा बताउँछन।

कपिलस्तुुमा मात्र अहिले एक हजार जना प्रहरीको दरवन्दी रहेको छ । काठमाडौको जस्तो अपराध नियन्त्रण र अनुसन्धानको लागि यहाँको राजमार्गहरुमा सिसी टिभी, अन्य प्रबिधि पर्याप्त छैन, त्यहीकारण पनि शान्ति सुरक्षा कायम गर्नको लागि केही बढी नै जनशक्ति लागेको हो । अहिले पनि जिल्लाको केही क्षेत्रहरुमा प्रहरी युनिट थप गर्नुपर्ने माग भईरहेको छ । सो अनुरुप हामीले युनिट थप गर्न सकेका छैनौ, युनिट थप गर्नको लागि हेर्ड क्वार्टरमा पनि पत्राचार गरेका छौ भने जिल्ला प्रशासनले पनि थप प्रहरी युनिटको माग गरी हेड क्वार्टरमा पत्राचार गरेको छ, युनिट थप हुन केही समय लाग्ला प्रहरी प्रमुख राणा बताउँछन।

खुल्ला सिमाना कै कारण यस क्षेत्रमा प्रहरीले केही गर्न सक्दैन भन्ने एउटा जमात रहेको छ । त्यही जमातका कारण यो क्षेत्र अशान्त रहने गरेको हो । तर हामीले पछिल्लो समय शान्ति सुरक्षामा असर पुर्याउन खोज्ने, कानुनले बन्देज लगाएको कुरा गर्न खोज्ने, ऐन नियम उलंघन गर्ने जो कोहीलाई पनि कारवाही गर्ने गरेका छौं, यसले गर्दा आम सर्वसाधारण नागरिकले शान्ति सुरक्षाको अनुभुती गर्न पाएका छन, प्रहरी प्रमुख राणा बताउँछन।

कपिलवस्तुको जिल्लाको हाई वे देखि दक्षिण भेगमा अलि बढी नै अपराधिक क्रियाकलापहरु हुने गरेका छन । ति क्षेत्रमा ठुलो जनसंख्या गरिवीको रेखामुनी रहेका कारण पनि अपराध बढी हुने गरेको हो । तर त्यसलाई नियन्त्रण गर्न र आम नागरिकलाई सुरक्षाको महुसस गराउनको लागि पनि आफुहरु अहोरात्र खटिएर लागेको राणाको भनाई छ ।

खान गिरफ्तारी ठूलो सफलता

यही जेठ २० गतेबाट म कपिलवस्तुमा प्रहरी प्रमुुख भएर आएको हु । यसअघि म महानगरी प्रहरी बृत्त रानीपोखरीमा रहेको थिए । म आएदेखि नै बादशाहको नामबाट अपराधको सामाज्य खडा गरेका अहमद खानको बारेमा जानकारी लिन थाले ।
हत्या, अपहरण लगायतका धेरै घटनामा संलग्न रहेको अभियोग लागेका खान कहिले भारत र कहिले नेपाल आउने गरेको जानकारी हामीले पाएका थियौ । अपराध कर्म गरेर राजनीतिक आवरणमा लुकिछिपी बस्दै आएका खान १३—१४ बर्षदेखि अर्धभुमिगत जस्तै रहेका थिए । सोही अवस्थामा झण्डै १५—२० दिन अघि खान भारतबाट नेपाल आएर काठमाडौ गएको जानकारी हामीले पायौं । सोही जानकारीको आधारमा केन्द्रिय प्रहरी अनुसन्धान व्युरो (सिआईबी) समेतको समन्वयमा हामीले काठमाडौबाट खानलाई पक्राउ गर्न सफल भयौ । प्रहरीको लागि यो ठुलो सफलता हो ।

खान बिरुद्ध आठ वटा कर्तव्य जान, एउटा डाँकाको मुद्धा रहेको छ । बिसं २०७४ फागुनमा पनि खानले एउटा बालक अपरहण गरी हत्या गरेको अभियोग खान बिरुद्ध रहेको छ । काठमाडौंमा पक्राउ परेका खानलाई अहिले कपिलवस्तु ल्याईएको छ ।

नेत्रबिक्रम चन्द (बिप्लव) को गृह जिल्ला 

कपिलवस्तु जिल्ला नेत्रबिक्रम चन्द (बिप्लव) को गृह जिल्ला हो । उहाँको प्रभाव यस जिल्लामा रहेको छ । बिशेगा गरी उत्तरी भेगमा बिप्लव समुहको प्रभाव छ । तर यहाँ बिप्लव समुहको जिल्लालाई अशान्त पार्ने कुनै गतिबिधि भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here