नरभुपालेको बहुला जेठो छोरो खोजिरहेको छु…

0
240

बिपिन के सी

पुस २७, काठकाडौं ।

म आफ्नो कल्पनाको अन्तिम बिन्दु नजिकै
अरबौ प्रकाश वर्ष भन्दा थोरै नजिक
अनि यथार्थमा जुन देखिने झुपडी बाट
म एउटा बहुला खोजि रहेको छु
एउटा सन्की खोजि रहेछु…
त्यो पौष महिनाको तुसारोमा
शीतले रुझेर‘सिंहदरबार आगाडी लाखौ मुर्त अनि अमुर्त
कति भनिएका अनि कति नभनिएका
अनि कति लेखिएका अनि कति नलेखिएका
गोप्य राष्ट्रघातको साक्षी बसी रहेको एउटा निर्जीव तर मेरो मुटु,
मेरो राष्ट्र अनि त्यो चोर औला ठडाउने
म त्यो एउटा बहुला खोजि रहेको छु…

यहाँ आफ्नो बाउको पिण्ड दान नगर्नेहरुले
बाउको क्रिया गर्न अल्छी मान्ने हरुले
बजारमा हल्ला फिजाए अरे
त्यो बिस्तारबादी, त्यो नस्लाबादी, त्यो राष्ट्रघाती
अनि आफ्नो बगैचा अनि माली बिदेशी राख्न रुचाउने दलालहरुले
चार जात छतीस वर्ण को फुलबारीमा आयातित रासायनिक मल हालेर
बिउ समेतलाई नस्ट गर्ने नब प्रजा हरुलाई
इतिहास अनि देशको पाठ सिकाउनालाई
वर्ष अघि जन्मीएको
नरभुपालेको बहूला जेठो छोरो खोजिरहेको छु…

गर्ब गर आज तिमि टुडिखेलमा गएर
स्वतन्त्र दिवस मनाउन परेड खेल्दैनौ
अग्रेजी पात्रो अनुसार राष्ट्र चलाउदैनौ
अनि सम्रजयावादीहरुले बनाएका पश्चिमी
अबवशेषहरुमा दैनिकी चलाउदैनौ
अनि तिम्रो गाउ र ठाउको नाम
विदेशबाट आयात हुन बाट जोगाउने
एउटा पागल थियो
हो म बहादुर शाहू को बहूला बाउ खोजि रहेको छु…
सिमानामा पिल्लरहरु सारिदा
भ्रष्टहरुले भकारी रित्याउदा
समाजमा मनमुटाब हुदा
चार जातमा सधै तुस रही रहदा
राष्ट्रलाई सम्पूर्ण रुप एकिकरण गर्ने
ज्ञात अनि अज्ञात बहुलाहरु खोजि रहेको छु…

सबै भन्दा धेरै कालु पाण्डेको बहूला साथि ‘पृथ्वी’ खोजि रहेछु
अस्ति भर्खर सुने खोइ कुन ग्रह पत्ता लगायो रे आकाश गंगामा
म दुरबिन लिएर त्यति टाढा देख्न सक्दिन
भो मलाई वास्ता नै छ
म अरुको होइन आफ्नै सौर्यमण्डलको बहूला ग्रह ‘पृथ्वी’ खोजि रहेछु…
(जिरिङ्ग……सम्झिदा) реклама googleсоздание и продвижение сайтов ростов на донуbooster instagramrybalka.spacerestaurant bellinicatdog

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here