नयाँ वर्ष २०७६ को अवसरमा लायन्स क्लबले निशुल्क स्वस्थ्य जाच तथा परामर्श शिविरको आयोजना गर्दै जापानमा

0
28

पारस मल्ल

चैत्र २१ काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले एक दिने दोस्रो निशुल्क स्वस्थ्य जाच तथा परामर्श शिविरको आयोजना गर्ने भएको छ ।

यहि अप्रिल ६ तारिक अर्थात शनिबार दिउसो १२ बजेदेखि साँझ ४ बजेसम्म तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा कार्यक्रमको अयोजना हुने क्लबका अध्याक्ष अर्जुन थापाले बताउनुभयो ।

ईष्टिच्युट अफ अकुपेसनल हेल्थको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा जापानमा बस्ने नेपालीहरुले निःशुल्क स्वास्थ्य परिक्षण गर्न सकिने छन् ।

स्वास्थ्य शिविरमा जापानी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच्नुका साथै नेपाली भाषा अनुवादक मार्फत जापानिज अनुभवी स्वास्थ्य विशेषज्ञहरुद्धारा स्वास्थ्य परिक्षण र परार्मश सेवा उपल्बध रहेको क्लबका सदस्य शिव शंकर के.सी.ले बताउनुभयो ।

क्लबले यस भन्दा अघि २०१७ मा नेपाली डाक्टरहरुको सहयोगमा प्रथम पटक निशुल्क स्वास्थ्य जाँच तथा परार्मश कार्यक्रमको आयोजना गरेको थियो ।

२०१६ मा अर्जुन थापाको नेतृत्वमा गठन गरिएको लायन्स क्लबले जापान लागायत नेपालमा पनि विभिन्न सामाजिक कार्य गरिएको अध्यक्ष अर्जुन थापाले बताउनुभयो ।

निशुल्क स्वस्थ्य जाच तथा परामर्श कार्यक्रममा दुई सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहने आयोगकको अनुमान छ । рыбацкий магазинмакияж 80-хлинкбилдингartmoney downloadотследить посылку с польши в украинукитайские товары