नयाँ मन्त्रीका सम्भावित अनुहारहरू 

0
8

मंसिर २, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केहि दिन भित्रै मन्त्रीहरू हेरफेर गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको जिम्मेवारी दिएको छ ।

सचिवालय बैठकलगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूसँग परामर्श गरेर केहि दिन मै मन्त्रीहरू हेरफेर गर्ने तयारी गरेका छन् ।

वरिष्ठ नेता झलनाथ खनालले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद्मा हेरफेर हुन सक्ने विषय सचिवालयमा उठेको बताए ।

मन्त्रीका सम्भावित नयाँ अनुहारहरू 

नयाँ मन्त्रीहरूमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार, गणेश ठगुन्नाको नाम चर्चामा छ । त्यस्तै, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु शाहलगायतको नाममा दुई अध्यक्षको तहमा अनौपचारिक छलफल चलिरहेको जनाएको छ ।

पहिलो सम्बन्धित व्यक्तिको योग्यता र कार्यकुशलता, त्यसपछि मात्र भौगोलिक, जातीय, क्षेत्रीय, लैंगिक सन्तुलनका आधारमा मन्त्री छान्नुपर्ने नेकपाभित्र दबाब छ ।