दुई थान चितुवाको छाला सहित दुई जना पक्राउ

0
6

साउन १४, काठमाडौं । कैलालीको अत्तरियावाट चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटी बढीकेदार गाउँपालिका -५ का राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका -१ का रामबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कैलालीवाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको दुई थान छाला सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।минноуАкссессуарывзлом айклаудалександр лобановский харьковспортпит оптомmoscou week-end

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here