दुई किलो सुनसहित एक जना नागढुंगाबाट पक्राउ

0
23

साउन ५, काठमाडौं । दुई किलो सुनसहित एक जना नागढुंगाबाट पक्राउ परेका छन्।

रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५ का १७ वर्षीय भीमबहादुर तामाङलाई अवैधरूपमा ल्याएको सुनसहित शनिबार राति साढे ९ बजे पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तामाङ सुन बोकेर भैरहवाबाट काठमाडौं आउने यात्रुवाहक बसमा आइरहेको थिए।

गोप्य सूचनाका आधारमा भैरहवाबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस चेकजाँच गर्दा उनको साथबाट सुन फेला परेको प्रहरीले जनाएको छ।

मादल आकारको सुन कम्मरमा बाँधेरको अवस्थामा तामाङ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तामाङ रसुवाबाट गल्छीसम्म आएका थिए। तामाङ गल्छीबाट भैरहवाको गाडी चढेका हुन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

simple budget trackerбюджет расходов на организацию продвижения медицинских услугсопутствуетсяhackaskинтернет магазин китай бесплатная доставкаtime st petersburg russia

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here