दीक्षितको निधनबाट आफू मर्माहत भएको छु : प्रधानमन्त्री ओली

0
19

साउन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् ।

KP Sharma Oli@PM_Nepal
प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहनुभएका दीक्षितको शवलाई अन्तिम श्रद्धञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here