त्रिशुली नदीमा बस खस्दा ३ जनाको मत्यु

0
10

साउन २४, काठमाडौं । सर्लाहीबाट काठमाडौं आउदैं गरेको बस धादिङको सलाङघाट स्थित त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ।

४५ जना सवार ना. ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान ३ :३० बजेको नदीमा खसेको प्रहरीले जनाएको छ।

बसमा सर्लाहीको मलंगवाबाट ४० र हरिपुरबाट २ जना यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बसमा यात्रुका अलवा चालक जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल सहचालक प्रमोद चौधरी र कन्टेक्टर ऋषी उप्रेती सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।

प्रहरीकाअनुसार १६ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन्। त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको धादिङका प्रहरीले जनाएको छ। बस त्रिशुली नदीमा आधा डुबेको अवस्थामा रहेको र अन्य यात्रुहरुको अवस्था अज्ञात रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अँध्यारोमा बस खसेको र नदीमा बाढी आएको कारण केही यात्रुहरु बगाएको हुन सक्ने आशंकामा नदी तटहरुमा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका गोताखोर सहितको शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here