तस्करको साम्राज्य बन्दै राजधानी

0
73
Kathmandu city view from Swayambhunath, Nepal

 भुवन केसी

काठमाडौ,असार

केही साता अघि तनहु जिल्लामा सात सय ३० थान लागु औषध सहित दुई जना व्यक्तिहरु पक्राउ परे । चितवनको कविलागा उँपालिका ९ का रविन गुरुङ र कपिलवस्तु वाणगंगा नगरपालिका ६ का लालबहादुर चौधरीलाई ठुलो परिमाणको लागु औषधसहित प्रहरीले पक्राउ गरेको थियो । पृथ्वीराजमार्ग अन्तर्गत भोर्लेटार चोकमा सवारी चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । सुनौलीबाट पोखरा जाँदै गरेको ना १ख ७५३२ नम्वरको रात्री वस र वीरगञ्जबाट बाग्लुङ तर्फ जाँदै गरेको ना ३ ख ८३७५नम्वरको बसमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरिएको जानकारी त्यतिवेला जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले दिएका थिए । शंका लागेर खानतलासी गर्दा झोलाबाट डाइजेपामको सिसी दुई सय ३९थान, फेनेरागन दुई सय ५१ र नुफिन दुईसय ४० थान गरीक ुल ७स य ३० थान लागु औषध, नगद १० हजार आठ सय र दुई थान मोवाईलसेट फेला परेको थियो ।त्यसैगरी गत फागुन महिनामा कञ्चनपुरको पुर्नवास नगरपालिका–११अमरबस्तीकी २० बर्षिय सपना चौधरी रकैलाली जोसीपुर नगरपालिका–८ का २६बर्षिय तपेन्द्र बम लागुऔषध खैरो हिरोईनसहित पक्राउ परे । नेपालबाट भारत तस्करी गरिरहेको अवस्थामा चौधरी र उनका सहयोगी बमलाई नेपाल–भारत सीमा क्षेत्र डोकेबजारबाट प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका चौधरी र बम बिरुद्ध इलाकाप्रहरी कार्यालय त्रिभुबनबस्तीले लागु औषध ओसारपोसार अन्तरगत मुद्दा चलाएको छ ।पक्राउ परेका अधिकांशको साथबाट चरेश,नाईट्रोभेट, फेनारगन, टिटिजिसी, जस्ता विभिन्न लागुऔषध बरामद गरिएको छ ।एक महिनामा मात्र कञ्चनपुर प्रहरीले २४जना बिरुद्ध लागु औषध नियन्त्रण ऐन तस्करको साम्राज्य बन्दैराजधानीपा“च बर्षमा मात्र तीन अर्ब १६ करोड रुपैया“कोलागु औषध बरामदलागुऔषधकारोवार नियन्त्रण सम्वन्धी ऐन २०३३ अन्र्तरगत मुद्दा दायर गरेको थियो ।लागु औषध कारोवार नियन्त्रण सम्वन्धी ऐनअन्तरगत लागु औषध सेवन गर्नेलाई एकमहिना कैद २ हजार रुपैयाँ जरिवाना र निषेधित कार्य गरेमा दुई बर्षदेखि १० बर्षकैद र एक लाख देखि २० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

यही असार महिनामा मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने २२ बर्षीय संजिब पराजुली र १५ बर्षिय सुदेश थिङ्गलाई प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित १ नम्बर पुल नजिकबाट लागूऔषध नाईट्रोभेट ६० थान, ईस्पास्मा आठ थान,फेनारगन सात थान र ना. ४३ प ६४९७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरु उपर अहिले पनि अनुसन्धान जारी रहेको छ ।

यि त केही प्रतिनिधि घटनाहरु मात्र हुन । लागु औषधका कारोवार र सेवन सम्वन्धी कसुरमा पक्राउ पर्ने यस्ता धेरै व्यक्तिहरु रहेकाछन । नेपाल प्रहरीको अन्र्तगत लागुऔषध नियन्त्रण व्युरोले दिएको जानकारी अनुसार पछिल्लो पाँच बर्षमा झण्डै १५ हजारसात सय ५१ लागुऔषध कारोबारीहरु पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेहरुमा १४ हजार आठ सय ३९ जान कारोवारी नेपाली रहेकाछन भने बाँकी बिभिन्न प्रयोजनको लागि पर्यटकीय भिषामा नेपाल बिदेशी नागरिकहरु रहेकाछन । लागु औषध नियन्त्रण व्युरोका अनुसार पाँच वर्षयता लागुऔषध कारोबारमा सात सय १० जना विदेशी नागरिक पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेहरुमा छ सय २० जना भारतीय लागु औषध कारोवारीहरु रहेकाछन । बाँकी ९० मात्रै पाकिस्तान, चीन,मलेसिया, सोमालिया, बोलिभिया, पोल्यान्ड,टर्की, रसियालगायत ३३ मुलुकका बिदेशी नागरिकहरु रहेकाछन । व्युरोका अनुसार सन् २०१३ सबै गरी २६ सय ७३ जना लागु औषधकारोवारीहरु पक्राउ परेकोमा सन् २०१४ मायो संख्या बढेर २९ सय १८ पुगेको छ । सन् २०१५ मा पक्राउ पर्नेको सख्या घटेर २६ सय ५६ जनामा सिमित रहेको थियो भने सन् २०१६ मा यो संख्या बजेर ३६ हजार ९७पुगेको थियो । सन् २०१७ मा पनि लागु औषधकारोवारमा संलग्न भएको तीन हजार आठसय १७ जना पक्राउ परेका थिए

 

 

                          

कहाबाट आउछ, नेपालमा लागुऔषध

नेपालमा खासगरी अफागानिस्तान,पाकिस्तान, भारत, चीन लगायतका मुलकहरुबाट लागु औषध भित्रने गरेको छ ।नेपाल र भारतको खुल्ला सिमाना भएका कारण अधिकांश औषधिजन्य लागुऔषध भारताबाट नेपालमा भित्रने गरेको छ । नेपालका औषधी व्यापारीहरुले भारतीय बजारबाट औषधीको लागि भन्दै लागुऔषध खरिद गर्छन । त्यसलाई नेपालमा ल्याएर बिक्री गर्छन ।यसको निकै नै ठुलो सञ्जाल उपत्यका लगायतका देशका मुख्य मुख्य सहरहरुमा रहेको छ । त्यो सञ्जालले बिशेषगरी धरान,पोखरा, बिराटनगर, काठमाडौं, लगायतका स्थानहरु लागु औषध सप्लाई गर्दछ ।

नेपालको खासगरी भारतसंग सिमाना जोडिएका कञ्चनपुर, कैलाली, बाँके,रुपन्देही, चितवन, पर्सा, बारा, सर्लाही,मोरङ र झापाबाट लागु औषध भित्रने गरेकोछ । यसलाई नियन्त्रण गर्नको लागि व्युरोनिकै नै सक्रियरुपमा लागेको लागु औषधनियन्त्रण व्युरो कोटेश्वरका प्रमुख ठुले राईले बताएकाछन । राईका अनुसार नेपालमा पछिल्लो लागु औषध कारोवारी संख्या बढ्दै गएको भारतसंग जोडिएको खुल्ला सिमानाकै कारण बढी मात्रामा नेपालमा लागु औषध भित्रने गरेको हो ।

 

व्युरो भन्छ, पा बर्षमा तीन अर्ब रुपैयाभन्दा बढीको लागु औषध बरामद     

नेपाल प्रहरी अन्र्तगतको लागु औषधनियन्त्रण व्युरो कोटेश्वरले पछिल्लो पाँच बर्षमा नेपाली रुपैयाँ तीन अर्ब रुपैयाँ भन्दा बढीको लागु औषध बरामद गरेको बताएकोछ । व्युरोका प्रवक्ता एसएसपी बिरेन्द्र श्रेष्ठका अनुसार सो मध्ये औषधिजन्य नियन्त्रित लागुऔषध सवा एक अर्ब रुपैयाँ बराबरको बरामद भएको छ । यसको मतलव नेपालमा कुल लागु औषध कारोवारको ३४  प्रतिसत हिस्सा औषधीजन्य नियन्त्रीत लागुऔषधले ओगटेको छ, श्रेष्ठले भन्नुभयो । भारतीय बजारमा नियन्त्रित लागु औषधहरु सस्तो मुल्यमा सजिलै पाईने र त्यसलाई नेपालमा ल्याएर बिक्री गर्न सकेमा एउटै औषधीमा पाँच सय देखि एक हजार रुपैयाँसम्म बढी मुल्यमा बेच्न सकिने कारण पनि भारतबाट बढी मात्रामा नेपालमा लागु औषध भित्रने गरेको हो ।प्रवक्ता श्रेष्ठका अनुसार भारतीय लागुऔषध कारोवारीहरुको लागि नेपालको प्रमुख बजार भनेको काठमाडौं उपत्यका,सुनसरीको धरान र कास्कीेको पोखरा नै हो । यिनै क्षेत्रलाई नै आधार बनाएर भारतीय कारोवारीहरुले नेपालमा लागु औषध भित्र्याउने गरेका छन । पछिल्लो पाँचबर्षमा अर्थात सन् २०१३ देखि २०१७ को नोमेम्बर सम्म देशका सबै जिल्ला तथा क्षेत्रहरुमा गरी एक अर्ब १७ करोड ९० लाख चार हजार रुपैयाँ बराबरको औषधी जन्य लागु औषध बरामद गरिएको व्युरोका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार यस अवधिमा हिरोइन, कोकिन,चरेस र गाँजा जन्य लागुऔषध दुई अर्ब २३ करोड ८८ लाख ८३ हजार छ सय रुपैयाँ बराबरको रहेको छ । पछिल्लो पाँच बर्षमा देशका सबै क्षेत्रमा गरी तीन अर्ब ४१ करोड ७८ लाख ८८ हजार तीन सय रुपैयाँ बराबरको लागु औषध बरामद भएको छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

 

प्रहरी भन्छ प्रत्येक बर्ष १० कोसंख्यामा लागुऔषध प्रयोगकर्ताहरु थपिन्छन

प्रहरीले नेपालमा प्रत्येक बर्ष झण्डै १० हजारको संख्यामा लागु औषधका प्रयोगकर्ता एवं दुव्र्यसनीहरु थपिने गरेको बताएको छ। यसमा पनि युवायुवतीहरु र मध्यम बर्गीय परिवारका सदस्यहरु अधिक रहेकाछन ।केन्द्रिय तथ्यांक बिभागले सार्वजनिक गरेको आकंडा अनुसार बिसं २०६९ सम्ममा मुलुकभर लागुऔषध प्रयोग गर्नेको संख्या ९६ हजारमात्र रहेको थियो । प्रत्येक बर्ष ११ दसमलव ३६ प्रतिसतको अनुपातमा लागु औषधका प्रयोगकर्ताहरु बढिरहेका छन । सोही आधारमा पनि नेपालमा प्रत्येक बर्ष लागु औषध प्रयोग गर्नेहरुको संख्या १० हजार नौ सय पाँचजनाको दरमा थपिने गरेको छ । बिभागका अनुसार बिसं २०६९ साल देखियता पछिल्लो पाँच बर्षको अवधिमा मुलुकभर लागु औषध प्रयोगकर्ताहरुको संख्या झण्डै एक लाख १०हजार जना रहेका छन । यि दुव्र्यसनीहरु मध्येमा ८५ प्रतिशतले औषधीजन्य लागुऔषध प्रयोग गर्ने गरेको लागु औषध नियन्त्रण व्युरोका प्रमुख ठुले राईले बताएका छन । यस बाहेक बाँकी १० प्रतिसतले स्थानीय स्तरमा नै अवैधरुपमा उत्पादन गरिएका गाँजा रबाँकी पाँच प्रतिसतले नशा लाग्ने अन्यपदार्थहरु सेवन गर्ने गरेको राईको भनाईछ । राईका अनुसार नेपालमा लागुऔषधकारोवार संलग्न भएको आधारमा पक्राउपरेका व्यक्तिहरुको बारेमा बिश्लेषण गर्दाअधिकाश कारोवारीहरु भारतीय रहेका छन। लागुऔषध करोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले पनि नेपालको काठमाडौं उपत्यका लगायत धरान र पोखरा उनीहरुको उपयुक्त रहेको पुष्टि हुन्छ, राईलेभने । नेपाल र भारतका बिचमा खुला सीमार खुकुलो नाकाका भएका कारण त्यसको फाइदा उठाउँदै भारतीय कारोवारीहरुले नेपालमा लागु औषधको कारोवार गर्न गरेको व्युरो प्रमुख राईले बताएकाछन ।

 

किन बढ्दै , लागु औषधीका दुव्र्यसनीहरु

पछिल्लो समय नेपालमा लागुऔषधका दुव्र्यसनीहरु बढ्दै गएकाछन । बढ्दो बेरोजगारी कारण पनि नेपालमा लागुऔषध दुव्र्यसनीहरु बढेका हुन । पछिल्लो समय सबैदेशका प्रहरीका लागि लागु औषध दुव्र्यनीहरु प्रमुख समस्याको रुपमा देखा परेको छ । यो समस्या नेपालमा पनि निकै नै ठुलो रहेका छ । नेपालमा कडा भन्दा पनि औषधीजन्य लागु औषधका दुव्र्यसनीहरु बढिरहेका छन । शहरी तथा अर्ध—सहरीक्षेत्रका स्कुल तथा कलेजका युवायुवतीहरु लागुऔषधको कारोवार तथा दुव्र्यसनीमा फस्ने गरेका छन । निम्न र उच्च बर्गका भन्दा पनि मध्यम बर्गका परिवारका सदस्यहरु लागु औषधमा बढी फस्ने गरेको पाईन्छ । ड्रग्सले मानिसलाई उत्तेजनामा ल्याउने देखि शिथिल बनाउने सम्मको काम गर्छ । यसको प्रयोग बढ्दै जाँदा मानिसको मृत्यु हुन्छ । यसका कारण एचआईभी एड्स देखि हेपाटाइटिस ‘सी’जस्ता रोग लाग्न सक्छ । लागुऔषध नियन्त्रण ब्युरो स्थापना गरिएको यसैका लागि हो । पछिल्लो दिनमा सरकारले नीति यसप्रति कडा छ । अब ब्युरो यसको नियन्त्रणमा अझ आक्रामक भएर लाग्नेछ,व्युरोका प्रमुख राईले भन्नु भयो ।

 

लागुऔषध तस्करको मुख्य ट्रान्जिटबन्दै नेपाल

   लागूऔषध ओसार पसारका लागि तस्करहरुले नेपाललाई ट्रान्जिट प्वाईन्ट बनाउने गरको छन । खुल्ला सिमानाका कारण नेपालर भारतको सडक मार्ग हुंदै ठुलो परिणाममा लागू औषध ओसार पसार हुने गर्छ । भारतबा टब्राउन सुगर मेडिसियन ड्रग्स हेरोइन कोकिन लगायतका लागू औषध नेपालको काठमाण्डौ सम्म आइपुग्छ भने नेपालबाट गाँजा र चरश ठुलो परिणाममा त्यस तर्फ तस्करी हुन्छ। लागू औषध नियन्त्रण कानून कार्यान्वय इकाईले यसरी लागू औषध तस्करी गर्ने एक गिरोहको नेटवर्क नै पक्राउ गर्न सफल भएको छ ।लागू औषधका तस्करहरुले काठमाण्डौलाई लागू औषधको ट्रान्जिट प्वाईन्ट बनाएका छन् ।दक्षिण एशियामा उत्पादन हुने अधिकांश लागूऔषध भारतबाट काठमाण्डौको रुट हुँदै युरोप अमेरिकी मुलुक सम्म पुग्ने गर्छ । काठमाण्डौका दुव्र्यशनीको माग पनि भारतीय लागू औषध बाटै पुरा हुने गरेको देखिन्छ । खासगरी काठमाण्डौमा अत्याधिक माग हुने ब्राउन सुगर र मेडिसियन ड्रग्सहरु भारतबाटै गैर—कानुनी रुपमा नेपालमा भित्रने गरेको देखिन्छ ।

 

 यि हुन लागुऔषध कारोवारकामस्ट वान्टेडहरु

धादिङ जिल्लाको सत्यवती घर भएकी गोपी तामाङ अर्थात काँईली तामाङ नेपालमा लागु औषध कारोवारको साम्राज्य फैलाउने प्रमुख नाईके हुन । अन्दाजी ४५ बर्षिय काईली बिरुद्ध प्ररहीले अन्तराष्ट्रिय लागुऔषध कारोवारीको नाईकेको रुपमा खोजीकार्य जारी राखेको छ ।

प्रहरीका अनुसार काईलीले हाल अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा बसेर लागु औषधका धन्दा फैलाउने गरेको आशंका गरिएको छ । मध्यम परिवारकी काइली अन्तर्रािष्ट्रय माफिया समुहको नाईके बनेकी छिन् तर अहिले सम्म कुनै पनि  देशका प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । पाकिस्तानमा बसेर लामो समय देखि अफगानी हेरोइन कारोबारमा सक्रिय काईली पछिल्लो समय अफगानिस्तान बाटै लागूऔषधको अवैध ओसार पसारको धन्दा गर्दे आएकी छिन् ।

सुरुमा भरियाका रुपमा छिरेकी काईलीले पाकिस्तानमा तान्जिनियन नागरिक सँगको विहेपछि लागू औषधको अवैध कारोवार आफैले संचालन गर्न थालेको बताईन्छ । उनी १५ वर्षदेखि पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा बसेर लागू औषधको अवैध कारोवार गर्दै आएकी छिन् । प्रहरीले काईलीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । प्रहरीले काठमाडौंको सामाखुसी क्षेत्रमा बस्दै आएका काईलीका छोरा र छोरीलाई पनि पक्राउ गरेको थियो । उनीहरुबाट अवैध लागू औषध बरामद नभए पनि ठुलो परिमाणमा डलर फेला परेपछि कारवाही गरेको थियो । काईली र उनका छोराछोरी बीच सम्बन्ध नाता सम्बन्ध बाहेक अवैध लागू औषधको कारोवारमा संलग्न भएको कुनै प्रमाण प्रहरीसँग छैन । काईली माफिया नाइके बन्नुमा उनका प्रेमीको हात रहेको प्रहरीको भनाई छ ।

 

तान्जेनियन नागरिक, मुसा

मुसा पनि लागु बिदेशमा बसेर लागुऔषध कारोवारको साम्राज्य फैलाउने मुख्य अभियुक्त हुन । उनी नेपाली नागरिक काईलीका बिदेशी व्वाई फेन्ड हुन । प्रहरीले मुसालाई अन्तराष्ट्रिय लागु औषध कारोवारका योजनाकार एवं कारोवारको अभियोगमा सर्वाधिक खोजीको सुचीमा राखेको छ । अधिकांश अफ्रिकन मुलुकका पासपोर्ट बोक्ने तान्जेनियन नागरिक मुसालाई संसार भरका प्रहरीले अवैध लागू औषधकोकुख्यात माफिया नाइके भएको बताउँदै आएको छ । तर पनि हालसम्म कुनै पनि देशको प्रहरीले मुसालाई पक्राउ गर्न सकेको छैन । मुसा र काईली कै समुहले नेपालमा लागुऔषध कारोवारको साम्राज्य फैलाएको छ । यो साम्राज्यलाई भत्काएर यि अभियुक्तहरुलाई पक्राउ गरी कारवाही गर्न प्रहरी दिनरात खटिरहेका छन ।

 

के हो लागु औषध दुरुपयोग ?  

कुनै पनि डाक्टर वा चिकित्सकको सल्लाह बिना नै जथाभावी औषधि खाने प्रक्रियालाई लागू पदार्थ दुरुपयोग भनिन्छ । कुनै पनि औषधि वा वस्तुलाई नशाको रुपमा प्रयोग गर्ने प्रचलनलाई पनि लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकाल देखि नै हुँदै आएको छ । तर यसबाट उत्पन्न हुने असर वा विकृतिहरु वर्तमान समयमा ज्यादै देखिएका हुन् । गाँजा सेवनयस को राम्रो उदाहरण हो । यसको प्रयोगले नेपालको सहरी तथा ग्रामीण क्षेत्रका सम्पूर्ण तह र वर्गका मानिसलाई समेटेको छ । सन् १९६० को दशक पछि सहरी क्षेत्रमा विकसित भएको पश्चिमाहरुको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइ दियो । लागूपदार्थको दुरुपयोगले प्रयोग गर्ने व्यक्तिको जीवन बर्बाद गर्छ नै यस बाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई नष्ट पार्दछ । समाजमा हत्याहिंसा, चोरीडकैती, वेश्यावृत्ति जस्ता विकृतिहरुबाट मानिस आक्रान्त बन्न पुग्दछन्। नेपालमा खास गरी साथीभाइको सङ्गत,बेरोजगारी, परिवारको भूमिकामा कमी,पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले नेपालमा लागू पदार्थको दुरुपयोग बढ्दो छ । विश्व स्वास्थ्य संगठन , कोपरि भाषाअनुसार लागू औषध भनेको कुनै  रासायनिक पदार्थ हो ।जुन स्वस्थ, शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक ,कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ । नेपालको लागू औषध नियन्त्रण ऐन,२०३३ का अनुसार लागू औषध भन्नाले गाँजा, औषधोप योगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सारतत्व,मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकि दिएका प्राकृतिक वाकृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) र तिनको लवण तथा अन्य पदार्थ सम्झनुपर्छ ।

’नेपालमा लागू औषधको स्थितिलाई केलाउँदा पुरानो समयमा गाँजा, भाङ, धतुरो आदि चाडपर्वहरुमा साधारण मानिसहरुले र जोगी जस्ताहरुले चाडपर्वहरुमा मठ, मन्दिरमा सेवन गर्ने गर्दथे भने कतिपयले बिरामी भएको अवस्थामा औषधो पचारको रुपमा समेत सेवन गर्ने प्रचलन थियो । लागू पदार्थलाई २समूहमा विभाजन गर्न सकिन्छ । अवैध घोषित भएका र रोक तथा कानूनीरोक नलागेका पदार्थहरु । चुरोट,विडी खैनी, रक्सी,जस्ता नरम लागूपदार्थहरुलाई कानूनले यसको सेवन बन्द गरेको छैन । तर यी पदार्थ पनि धेरै समय प्रयोग गरेदम, क्यान्स,ब्रोङ्काईटीस जस्तारोग उत्पन्न हुँनेहुँदा अर्को उस्तै हानीकारक हुन आउँछ ।

म ानव जीवनका निम्ति स्वस्थ, सफलर दीर्घायु हुन ड्रग आवश्यक छ तर जब एउटाउ द्देश्यका लागि निर्माण गरिएको औषधी अर्को उद्देश्यले चिकित्सकको निरीक्षण र सल्लाह बीना नै आफूखुसी प्रयोग गरिन्छ । त्यसलाई औषधीको दुरुपयोग वा दुव्र्यसन भनिन्छ ।

यस प्रकारको सेवनले पीडा, थकान र दुखाईलाई कम गरी निन्दा लगाउनुका साथै शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक संरचना र क्रियात्मक पक्ष नै परिवर्तन गरिदिन्छ । यसैलाई लागू औषधी भनिन्छ । यदि सो ड्रगलाई सही बिरामी, सहीमात्रामा, सही रेकर्डका साथ प्रयोग गरियोभने त्यसले सकारात्मक प्रभाव पार्छ । त्योअमृत बन्छ । यसको विपरित गरियो भने नकारत्मक प्रभाव पर्छ । त्यो विष बन्छ । यस प्रकारको गलत नियमित सेवनले ऊ त्यस प्रति आशक्ति बन्दै जान्छ र त्यो बानीको रुपमा निर्माण हुन्छ, जसलाई हटाउन वा घटाउन कठिन हुन्छ ।

 

  wobsмакіяшgeolocationfree financial advisor appwhere is lake baikal locatedhttps://youcontrol.com.ua/catalog/executives/t/tunian-narek-taronovych/