डिआईजी पोखरेललाई मेट्रोको जिम्मेवारी दिने तयारी

0
91
प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल
मंसिर २२, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानीरिक्षक (डिआईजी) हरुको सरुवा गर्ने तयारी थालेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरुहुनु अगावै गर्ने भनिएको डिआईजी सरुवा अब हुने भएको हो ।    डिआईजीसहित अन्य पदको सरुवा बढुवाको ढोका पनि खुल्ने भएको छ ।
गृहले यस पटक प्रदेश, महानगरीय प्रहरी कार्यालय (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डिआईजी सरुवा गर्ने भएपछि डिआईजीहरुको विगतको कार्य क्षमता, योग्यता र इमान्दारिताको मुल्यांकनसहित जिम्मेवारी दिने रणनिति अख्तियार गरेको छ ।
मेट्रो र सीआईबीको नेतृत्व एक वर्षयता परिवर्तन भएको छैन भने प्रदेश प्रमुखहरुको ६ महिनाअघि मात्र सरुवा भएको थियो । कतिपय प्रदेश प्रमुखमा गम्भिर प्रश्न समेत खडा भएको छ । त्यसैले केही प्रदेशका प्रहरी प्रमुख भने सरुवा हुने भएका छन् ।
उता, कार्यक्षमता र योग्यताले उत्कृष्ट देखिएका विश्वराज पोखरेललाई मेट्रोमा ल्याउन स्वयम आईजीपी सवेन्द्र खनाल लागि परेपछि हेडक्वाटरमा खैलाबैला मच्चिएको छ ।
एक पछि अर्को सफलता प्राप्त गर्दै हाईहाई भएका आईजीपी खनालले नै संगठनमा  पोखरेल अब्बल भनेपछि केहि प्रहरी अधिकारी तिरमिराएका छन् । त्यसैगरि कार्यकुशलता र ब्यवसायिकतालाई मुल्यांकनको आधार बनाउने गृहमन्त्री रामबहादुर थापा र गृह सचिव प्रेमकुमार राईसमेतले पोखरेलको  विगतमा गरेको कार्य शैलीको प्रशंसा गरेपछि उनका ब्याजीहरु तिरमिराएका हुन् ।
उनलाई यही नेतृत्वले एकल बढुवा गरेको थियो । त्यस पछि तिरमिराएका केहि प्रहरी अधिकारीहरुले त मिडियाबाजी गर्न समेत लागि परेका छन् । उनीहरुलाई खास मिडियाले नटेरेपछि तितरवितर भएको बुझिएको छ । त्यसो त ती अधिकारीहरु शक्ती केन्द्रको ढोका हान्दै जेष्ठताको कुरा गर्ने गरेको बुझिएको छ ।
पोखरेललाई कार्यक्षमताका आधारमा सरकारले ६ महिना अघि डिआईजी बनाएको हो ।  कार्यक्षमता ,ब्यवसायिकता र उच्च इमान्दारिता कुसलता भएकाहरुलाई नेतृत्वका लागि विकास गर्नुपर्छ भन्ने सरकारको रणनिति अन्तरगत पोखरेललाई मेट्रोमा जिम्मेवारी दिन लागिएको गृह स्रोतले जनाएको छ । हाल मेट्रो प्रमुखमा शैलेस थापा, सीआईबी प्रमुखमा निरज शाही रहेका छन् ।
यता, एसएसपी विरेन्द्र श्रेष्ठले गत १८ गते अवकाश पाएका छन् । त्यसैगरि आउँदो माघ २९ गते आईजीपी सर्बेन्द्र खनाल ३ जना एआईजी र १८ डिआईजीले अवकास पाउनेछन् ।  राजतिलक साप्ताहिकमा समाचार छ